Pages

Subscribe:

The Himalayan Times

Kantipur

Republica

Monday, January 3, 2011

Actor Bhuwan K C enters UML भुवन केसी : अभिनेताबाट 'एमाले नेता'


Nepali cine star Bhuwan KC has formally entered polities joining the CPN-UML on Monday.

Prime Minister and senior UML leader Madhav Kumar Nepal welcomed KC in the party at a programme organised by the Rastriya Janasanskriti Mahasangh (RJM), sister organisation of UML aligned film artists, to mark its 25th anniversary in the Capital today.

KC, who wanted to be a part of the party since a long time, has been heartily welcomed by the prime minister. KC said that he wanted to be a part of CPN-UML because he is close to Madhav Kumar Nepal and likes him as a politician.

Chairman of RJM, Bijaya Subba said that as KC was keen to join the party since long he was formally inducted amid the auspicious function of the union.

“He will be working as a part of the Janapakshiya Chalachitrakarmi Sangh,” said Subba.


काठमाडौं, पुस २० (नागरिक) - भुवन केसी अभिनेताबाट नेता बनेका छन्। राजनीतिमा कुनै चासो नरहेको बताउँदै आएका भुवन अचानक कम्युनिस्ट बन्लान् भन्ने सायद कसैले पनि अनुमान गरेका थिएनन्। एमालेको भातृ संगठन 'जनसांस्कृतिक महासंघ'को वार्षिकोत्सवमा प्रधानमन्त्री माधव नेपालले टिका लगाएर उनलाई पार्टी प्रवेश गराए। विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निकट मानिने भुवनले एमाले प्रवेशपछि नागरिकसँग भने, 'मेरो पहिलेदेखि नै यो पार्टीसँग विचार
मिल्थ्यो। केही साथीले पार्टी प्रवेशको प्रस्ताव ल्याएपछि अकस्मात यो निर्णय गरेको हुँ।' आफ्नो जीवनमा धेरै
कुरा अकस्मात भएको सुनाउँदै उनले पार्टी प्रवेशलाई पनि त्यस्तै घटना बताए।

पदको लोभले पार्टी प्रवेश नगरे पनि आउँदा दिनमा सक्रिय राजनीतिमा लाग्ने उनले खुलाए। 'तर मेरा दर्शक निराश हुनु पर्दैन। म फिल्म बनाउने काममा पनि कमी ल्याउने छैन,' उनले भने, 'पार्टी भित्र गुट-उपगुट छ भन्ने सुनेको छु। तर, म सबैलाई सम्मान र सबैसँग सहकार्य गर्छु।'
विदेशी फिल्मकर्मी समेत राजनीतिमा लागेको उदाहरण दिँदै उनले भने, 'आफ्नो राजनीतिक विचार लुकाएर काम गर्नुभन्दा खुलाउनै ठीक लागेकोले यसो गरेको हुँ।'
एमाले प्रवेश गर्नुअघि विभिन्न पार्टीबाट 'अफर' आएको उनले लुकाएनन्, 'सबै पार्टीप्रति मेरो सम्मान छ। अहिले राजनीतिक विचारधारको कित्ता क्लियर गरेँ। मेरो विवाह र डिभोर्स् जस्तै यो काम पनि अचानक भयो।'
फिल्म चलाउनअघि 'स्क्यान्डल'को रचना गर्ने उनको पुरानो बानीदेखि फिल्मकर्मीहरू परिचित छन्। पार्टी प्रवेशलाई धेरैले उनको फिल्म 'साथी म तिम्रो' रिलिजको तयारीसँग पनि जोड्न थालेका छन्। यसबारे नागरिकले गरेको प्रश्नमा उनले भने, 'मैले जे गरे पनि स्यान्डलको रूपमा हेरिन्छ भनेर केही नगरी बस्न सक्दिनँ। बिहे गरे पनि, डिभोर्स भए पनि, नाङ्लोमा गएर कफी खाए पनि स्क्यान्डल बनाइन्छ त के गरूँ?'
फिल्म चलाउन यस्तो कामले सहयोग नगर्ने उनले दाबी गरे। 'म मेरै हैसियतले फिल्म चलाउन सक्छु भनेर विगतमा पुष्टि भइसकेको छ। फेरि भन्छु मेरो राजनीतिक करियरलाई फिल्मसँग नजोडिदिनु होला,' उनले भने।
प्रधानमन्त्रीबाट टिका थापिसकेपछि उनले कार्यक्रममा चाहिँ यसो भनेका थिए, 'देश र जनताको सेवा गर्न नेकपा एमालेमा प्रवेश गरेको हुँ। लेट्स सी (हेरौं के हुन्छ)।'

Source: ekantipur, Nagariknews

0 comments:

Post a Comment

Drop you comments about Nepalipan.com